विष्णुप्रसाद पोखरेल दमक/अब बिभिन्न दूर्घटना तथा अकालमा मृत्यु भएको अवस्थामा दमक र आसपासको क्षेत्रबाट शव परीक्षण अर्थात पोष्टमाटमका लागि मोरंगको उर्लाबारी स्थित मंगलवारे वा भद्रपुरको मेची अस्पताल लैजानु नपर्ने भएको छ ।

आइतवारदेखि दमककै सरकारी दमक अस्पतालले यो सुविधा दिने भएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार आइतवार विहान यो सेवाका लागि आवश्यक घरको उद्घाटन हुने छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकमा शव परिक्षण नहुदा शव परिक्षणका लागि लामो समय कुर्नु पर्ने बाध्यता रहेको जनाउदै अब यो बाध्यता टरेको जनाइन्छ । सामान्य एव्र प्राकृतिक अवस्थामा भएको मृत्यु बाहेक अन्य मृत्युमा शव परिक्षण अनिवार्य हुने गर्दछ ।

स्वास्थ्य चौकीबाट जिल्ला अस्पतालको रुपमा परिणत भएको दमक अस्पतालमा बिभिन्न सेवाहरु सञ्चालन गर्ने क्रममा यो सेवा पनि शुचारु गर्न लागिएको दमक नगरपालिकाकी उपप्रमुख गिता अधिकारीले बताइन