काठमाडौँ, फागुन–प्रधानमन्त्री केपी शर्मा ओलीलाई इमान्दारी र सच्चा व्यवहार प्रस्तुत गरी सफल प्रधानमन्त्रीका रुपमा इतिहास कायम गर्न सुझाव दिइएको छ ।

लेखन कुञ्जमा आज भएको कार्यक्रममा साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले जनताको प्रतिनिधि भएको हुँदा हरेक क्रियाकलाप र काममा जनताको सरोकार रहने भएकाले निकै सतर्क र चनाखो भएर काम गरी सफल इतिहास बनाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफ्नो चारपटकको प्रधानमन्त्रीतृत्व कालमा राष्ट्र र जनताको पक्षमा धेरै काम गरेको स्मरण गराउँदै अनजानमा बाहेक जनताको हितविपरीत काम नगरेको उनले दाबी गरे ।

कुञ्जले विशिष्ट व्यक्तित्वको अनुभव आदानप्रदान, सिर्जनशील कक्षा सञ्चालन, विशिष्ट व्यक्तित्वका बारेमा पुस्तक लेखनजस्ता काम गर्दै आएको संस्थाका सम्पादक टंक पन्तले जानकारी दिए ,लोकान्तर बाट साभार