६ फागुन– माओवादीसंसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल चयन भएका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष दाहाललाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो ।

संसदीइ दलको बैठकमा दाहालले पार्टी एकता, सरकार गठनलगायत समसामयिक विषयमा ब्रिफिङ गरेका थिए । आइतबार एमाले र माओवादीका शीर्ष नेताको बैठक बस्ने र सकेसम्म एकता संयोजन समितिको बैठक बस्ने दाहालले बैठकमा जानकारी गराए । सरकार गठन र पार्टी एकताका विषयमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भइरहेको उनको भनाई थियो ।