काठमाडौं । नेकपा माओवादी केन्द्र सरकारमा जाने या नजाने निश्चित भइसकेको छैन । तर मन्त्रि बन्नका लागि भने आन्तरिक प्रतिस्पर्धा चलिरहेको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा कसले नेतृत्व गरी जाने भन्नेमा पनि माओवादीभित्र चर्काे बहस सुरु भएको छ ।

नेता रामबहादुर थापा बादलले पार्टीबाट सरकारको नेतृत्व गर्ने चाहाना राखेपछि कृष्णबहादुर महरा अप्ठेरोमा परेका छन् । यी दुई मध्ये एकले पार्टीबाट सरकारको नेतृत्व गर्ने निश्चित छ । त्यसैगरी लामो समय सरकारभन्दा बाहिर रहेका बर्षमान पुन, मात्रिका यादव र विना मगर सरकारमा जाने लगभग निश्चित छ । प्रचण्डले बुहारी विनालाई मन्त्री बनाउने लगभग तय भएको माओवादी स्रोतले बताएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माओवादीबाट जनार्दन शर्मा, शक्ति बस्नेत, अग्नी सापकोटा, टोपबहादुर रायमाझी, प्रभु शाह मन्त्रिको लाइनमा छन् । तर माओवादी सरकारमा जाने या नजाने बिषयमा भने अझै टुंगो लागिसकेको छैन । ‘सरकारमा जाने या नजाने, सरकारमा गए कुन कुन मन्त्रालय लिने भन्ने बिषयमा अझै टुंगो लागेको छैन, माओवादी केन्द्रका एक नेताले भने ‘यी विषयको टुंगो लागेपछि मन्त्रिका बिषयमा टुंगो लाग्छ ।’

माओवादी केन्द्रबाट पनि धेरै नेताहरु मन्त्रिको आकांक्षामा छन् । आकांक्षीहरुले बाहिर नभनेपनि आन्तरिकरुपमा लविङ गरिरहेका छन् । पार्टी अध्यक्ष दाहालसँग आफ्नो आकांक्षा राखिरहेका छन् । तर दाहालले भने कुनै प्रतिक्रिया दिने गरेका छैनन् ।

एस काठमान्डू बाट