काठमाडौं– वाम एकतालाई निष्कर्षमा पुर्‍याउन वाम गठबन्धनका प्रमुख दुई नेता निर्णायक छलफलमा जुटेका छन्। पार्टी एकताका अधिकांश विषयमा सहमति जुटाएका प्रमुख दुई नेताले एकता प्रक्रियालाई प्याकेजमै टुंग्याउने तयारी गरेका छन्।

भक्तपुरको ठिमीस्थित व्यापारी दुर्गा प्रसाईको घरमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले वार्ता गरिरहेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुवै नेता एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त लगायत एकता प्रक्रियाका मूलभूत विषयमा सहमती जुटाउने कसरतमा छन्। यसअघि बसेको पार्टी एकता संयोजन समितिको बैठकमा एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्तको विषयमा सहमति जुट्न नसक्दा स्थगित भएको थियो।

दुवै दलका शीर्ष नेताले एकीकृत पार्टीको नेतृत्व, सरकारमा आलोपालो लगायत एकता प्रक्रियाका मुख्य विषयमा सहमति जुटाएका थिए।