काठमाडौं- माओवादी केन्द्रका नेता प्रेमबहादुर सिंहले सांसद बनाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।

माओवादी केन्द्रको चुनावी चिह्न लिएर निर्वाचन लडेका सिंह समानुपातिक सूचीमा नअटेपछि अदालतको शरणमा पुगेका हुन्। उनले निर्वाचन आयोग र माओवादी केन्द्रलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्वाचन ऐनमा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ पिछडिएको क्षेत्रबाट दलले प्राप्त गरेको सिट संख्याको कम्तीमा ४ दशमलब ३ प्रतिशत प्रतिनिधित्व हुनेगरी संख्या निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि आयोग र माओवादी केन्द्रले त्यसको उल्लंघन गरेको आरोप सिंहले लगाएका छन्।

समानुपातिकतर्फको अन्तिम सूची पेश गर्ने माओवादी केन्द्र र आयोगको निर्णय गैरसंवैधानिक भएकाले आफूलाई समानुपातिक निर्वाचनमा विजयी भएको घोषणा गराई प्रमाणपत्र दिई सपथ गराउन सिंहले परमादेशको माग गरेका छन्।

समाजवादी जनता पार्टीका अध्यक्ष रहेका सिंह थ्रेसहोल्डको व्यवस्था हुनेबित्तिकै माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

-नेपाल लाइभ बाट