काठमाडौँ- मन्त्रिपरिषद्को बैठकले आइतबार महत्वपूर्ण निर्णय गरेको जानकारी प्रधानमन्त्री केपी शर्मा ओली र जनसंख्या तथा वाताावरणमन्त्री लालबाब पण्डितले गरे पनि उनीहरु दुवैजनाले निर्णय भने खुलाएनन्।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भने, क्याबिनेटले महत्वपूर्ण निर्णय गरेको छ, त्यो उपयुक्त समयमा थाहा हुन्छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीले योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले दिएको राजीनामा धन्यवादसहित स्वीकृत गरेको जानकारी भने गराए। ‘हामीेले उहाँको राजीनामा धन्यवादसहित स्वीकृत गरेका छौँ,’ उनले भने।

मन्त्रिपरिषद् बैठकबाट ओलीभन्दा अगाडि बाहिरिएका मन्त्री पण्डितले पनि ओलीकै जस्तै भाषामा क्याबिनेटले महत्वपूर्ण निर्णय गरेको तर त्यसको जानकारी उपयुक्त समयमा हुने सञ्चारकर्मीहरुसँग बताए। यति भनेपछि पण्डित गाडी चढेर सिंहदरबारबाट बाहिरिएका थिए। मन्त्रिपरिषद्की अर्की सदस्य थममाया थापाले पनि क्याबिनेटले महत्वपूर्ण निर्णय गरेको तर उपयुक्त समयमा सार्वजनिक गर्ने बताएकी थिइन्।

प्रधानमन्त्री ओली र मन्त्री पण्डितको अभिव्यक्तिले मन्त्रिपरिषद्ले सस्पेन्स राख्नुपर्ने के निर्णय गर्‍यो होला भन्ने खुल्दुली जागेको छ।