नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई व्यापारीक स्वार्थ भएका व्यक्तिको निजी निवासमा छलफल गर्नु राम्रो नहुने सुझाव दिएका छन्।

केहीदिन अघिसम्म ललितपुरका एक व्यापारिको घरमा छलफल गरेको र आइतबार भने भक्तपुरका व्यापारी दुर्गा प्रसाईंको घरमा छलफल गरेको प्रशंगलाई जोड्दै बाबुरामले यस्तो सुझाव दिएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतबार दुर्गा प्रसाईंको घरमा छलफलपछि खानपान गरेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको विरोध भइरहेका बेला बाबुरामले यस्तो सुझाव दिएका हुन्।

ट्विटरमा सक्रिय बाबुरामले राज्य र पार्टीका जिम्मेवार नेताले व्यापारीक स्वार्थ भएका व्यक्तिका निजी निवासमा भेटघाट गर्नु राम्रो नहुने बताएका हुन्। उनले नियत राम्रो भए पनि त्यसले गतल सन्देश जानेतर्फ सजग हुन ओली र प्रचण्डलाई आग्रह गरेका छन्।

‘राज्य र पार्टीका जिम्मेवार नेताले व्यापारीक स्वार्थ भएका व्यक्तिका निजी निवासमा भेटघाट नगर्नु राम्रो हुन्छ’, बाबुरामले ट्विटरमा लेखेका छन्, ‘नियत राम्रो भए पनि त्यसले गलत सन्देश दिन्छ । क्रोनी क्यापिटालिस्म भनेकै यही हो।’ सँगै बाबुरामले माक्र्सको भनाइ उद्धृत गर्दै ट्विटमै भनेका छन् , ‘नर्क जाने बाटो पनि असल मनसायले बनाइएको हो।’

-TVannapurna बाट