दमक/आज बसेको मन्त्री परिषदको बैठकले अघिल्लो सरकारले राष्ट्रपतिसंग राष्ट्रिय सभा सदस्य मनोनितका लागि पठाएको नाम फिर्ता गर्दै नयाँ तीनवटा नाम सिफारीस गरेको जनाइएको छ ।

यस बिषयमा औपचारिक रुपमा सार्वजनिक भने गरिएको छैन । तीन जनाको नाम राष्ट्रपतिलाइ सिफारीस भएको श्रोतको दाबी रहेको छ । तर यसको औपचारिक पुष्टि भने कसैले गरेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जनसंख्या तथा वातवरण मन्त्री लालबाबु पंण्डितले उपयुक्त समयमा थाहा हुने जनाउदै निर्णय बारे केहि बताउन चाहाएनन् । उनले सञ्चारकर्मीसंग हाँसेर प्रश्नलाइ टारिदिएका थिए ।