प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक रुपमा आजबाट सरकारी निवास बालुवाटार सर्नुभएको छ । उहा आज साँझमात्र प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको हो । ओलीको साथमा पत्नी राधिका शाक्य पनि हुनुहुन्थ्यो ।

उहालाई बालुवाटारमा सरकारी कर्मचारी सहित एमाले नेता कार्यकर्ताले स्वागत गरेका थिए । साढे ४ बजे बालुवाटार छिर्ने पूर्वनिर्धारित कार्यक्रम भएपनि प्रचण्डसग वान टु वान वार्ता, कार्यदलको बैठक, मन्त्रिपरिषद्को बैठक सकेर आउदा ढिला भएको थियो । उहालाई स्वागत गर्न दिउसैबाट बालुवाटारभित्र फुलमालासहित एमाले नेता कार्यकताको ठुलो भिड नै जम्मा भएको थियो । साँझ साढे ६ बजे बालुवाटार प्रवेश गर्नुभएका प्रधानमन्त्री ओलीलाई नेकपा एमालेका नेता कार्यकर्ता लगायत सरकारी कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको गरेको थियो । बालुवाटारमा प्रथम महिला राधिका शाक्यलाई सहरी विकास मन्त्रालयका सचिब दिपेन्द्रनाथ शर्माले प्रधानमन्त्ती निवासको मुल गेटको चाबी हस्तान्तरण गर्नुभएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले अध्यक्ष ओली गत विहीबार प्रधानमन्त्री नियुक्त भएपनि भक्तपुरको बालकोटस्थित निजी निवासमै बस्दै आउनु भएको थियो । उहाँ आज अपरान्ह निजी निवासबाट बालुवाटारस्थित सरकारी निवासमा सर्नुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा अस्ति शुक्रबार नै बालुवाटार छाडेर बुढानिलकण्ठस्थित निजी निवास सर्नुभएको थियो ।