दमक/नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरुले झापाको दमक स्थित जीबन बिकास नामक बित्तिय संस्थाको कागजपत्र जलाएकाछन् । संस्थाका कर्मचारीलाइ कोठाभित्र थुनेर कागजपत्र नियण्त्रणमा लिएर जलाएको बताईएको छ ।

जनताहरुमाथी चर्को ब्याज लगाएर शोषण गरेको आरोप लगाउदै कार्वाही गरिएको नेकपा माओबादी पाटीले बताएको छ । झोले बैकमाथि कार्वाही गर्ने आफूहरुको अभियान अन्र्तगत कार्वाही भएको नेकपाका एक नेताले बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१० जनाजतिको संख्यामा आएका माओबादीका कार्यकर्ताहरुले कार्यालयका रहेका दूइवटा ल्यापटप तथा तमसुकहरु जलाएर नष्ट गरेको प्रत्यक्षदर्शीहरुले बताएकाछन् ।

न । कार्बाही पश्चात् नेकपा जिन्दाबाद, गरिबमारा सुदखोर बितिय संस्था मुर्दाबाद । जस्ता नारा लगाइएको थियो भने नारालाइ सबै जनताले साथ दिइएको बुझिएको छ ।