विराटनगर / १ नं प्रदेशका मुख्य मन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी समग्र प्रदेशवासीको भावना अनुसार बन्ने बताउनु भएको छ । आज आफ्नै कार्यकक्षमा बधाई दिन आएको माओावदी केन्द्र धरानको प्रतिनीधीहरु संगको भेटमा ज्ञापन पत्र बुझदै मुख्य मन्त्री राईले सो कुरा बताउनु भएको हो । स्थायी राजधानी दुईतिहाई बहुमतले तय गर्ने बताउदै भौगोलिक अनुकुलता, एतिहासिकता ,जनताको भावना र १ नं. प्रदेशको समृद्धी र समग्र विकासको लक्ष्य लाई समेत मध्यनजर राखेर स्थायी राजधानी टुंग्याईने बताउनु भयो । उहाले स्थायी राजधी अत्यन्तै महत्वपुर्ण विषय भएकोले छलफल वहस हुन आवश्यक र सकरात्मक भएको वताउनु भएको माओवादी केन्द्रका नगर संयोजक चोत्लुङले वताउनु भयो ।

धरानलाई स्थायी राजधानी बनाउने अभियान चलाई रहेको माओवादी केन्द्र धरानले आईतबार नव नियुक्त मुख्य न्त्री शेरधन राईलाई मुख्य मन्त्री कार्यालय विराटनगरमा भेटी बधाई दिदै ज्ञापन पत्र बुझाएको हो । माओवादी केन्द्रले यस अगाडी सभामुख प्रदिप भण्डारीलाई समेत ज्ञापन पत्र बुझाएको थियो । प्रतिनीधी मण्डलमा प्रदेश सभा सदस्य उमिता बराईली रिमा लगायतको सहभागीता रहेको थियो ।

ज्ञापन पत्रमा धरान स्थायी राजधानी बन्न सक्ने आधारहरु समेत पेश गरी छ । १ प्रदेशको रणनैतिक महत्वको रवि राके, तमोर कोरीडोर, सुनकोसी कोरीडोर, धरान चतरा गाईघाट कटारी, सहायक लोकमार्ग लगायत अबको ३ वर्ष भित्र सम्पन्न हुने सडकहरुको अध्यायन गर्दा १ नं. प्रदेशवासी जनताको लागी धरान नै पायक पर्ने दावी प्रस्तुत गरीएको छ । साथै धरानलाई केन्द्र मानी मोरङको याङशिला केरावारी, विराट्चोक, सुनसरीको ईटहरी, रामधुनी, ईनरुवा,बराह क्षेत्र, उदयपुरको रापुर बेलका , धनकुटाको सागुरी गढी , चौविसे लाई समेटन समेत माग गरीएको जनाईएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
-पुर्बेली न्यूज बाट साभार