नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले एकताको टुंगो लागिसकेको बताउनु भएको छ । उहाले जबज र माओवादका विषयमा केही समस्या भएपनि त्यो समधान भएको बताउनु भएको हो ।

बिबिसीसगको अन्तवार्तामा उहाले सबैकुरामा टुंगो लागेको बताउदै केही दिनमा पार्टी एकताले अन्तिम रुप दिने बताउदै अब टुंगो नलागे के लाग्छ भनि प्रतिप्रश्न गर्नु भयो । राष्ट्रपति दोहोरिन्छ भन्ने प्रश्नमा उपाध्यक्ष गौतमले राष्ट्रपतिको विषयमा पार्टीले जे निर्णय गर्छ त्यही शिरोधार्य हुने बताउनु भयो । तपाई नै जाने हो कि भनेर सोधिएको प्रश्नमा गौतमले भने,‘यो चाही संवैधानिक सेरोमोनियल पदमा, मर्ने बेलासम्ममा पनि एक्टिभ भईरहने म कसरी जान्छु, केही गरी केहीपनि गर्न पाइन भनेपनि नाचेर बस्न सक्छु, त्यस्तो मान्छे कहा राष्ट्रपति बन्न सक्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गौतमले विधानमा नेताको उमेर ७० वर्ष तोकिएकोमा पनि आपत्ति जनाउनु भयो । उहाले त्यो बेकारको कुरा भएको बताउदै त्यसलाई खारेज गरिने उल्लेख गर्नुभयो । ‘त्यो ७० भनेको चाही कसले के पाप सोचेर हालेको हो त्यो फालिन्छ’ गौतमको भनाई छ ।

जनता टाइम्स बाट