चितवन, चितवनको रत्ननगर नगरपालिका- ३ शान्तिचोकमा आइतबार साँझ भएको सवारी दुर्घटनामा खैरहनी नगरपालिका- ५ का वडा अध्यक्ष विश्वविजय बस्नेतको मृत्यु भएको छ।

खैरहनीबाट रत्ननगरतर्फ आउँदै गरेको ना ३ च ९८४० नम्बरको तरकारी बोक्ने पिकअप भ्यान र विपरित दिशाबाट जाँदै गरेको खैरहनी नगरपालिकाको बा २ झ १३४४ नम्बरको गाडी एक आपसमा ठोक्किदा भएको दुर्घटनामा वडा अध्यक्ष विश्वविजय बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा चितवन मेडिकल कलेजमा राती मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

दुर्घटनामा परी खैरहनी नगरपालिका- ४ का वडाध्यक्ष नरेन्द्र अधिकारी र सवारी चालक खैरहनी-१२ का राजकुमार अधिकारी गम्भीर घाईते भएका छन्। उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

तरकारी बोक्ने पिकअप भ्यानले अर्का एक जना साईकल यात्री रामबहादुर दराईलाई समेत ठक्कर दिएको थियो। उनको अहिले कलेज अफ मेडिकल साईन्सेज, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ठक्कर दिने गाडीका चालक भने फरार रहेको प्रहरीले जानकारी दिएको छ। नया बाटो बाट साभार