मलाई राष्ट्रपति बन्ने अफर दुईपटक आइसकेको छ। तर मैले अस्वीकार गरेको छु। गरिमामय पदमा बसेर अरुलाई आनन्दले बसेर उपदेश दिने मेरो उमेर पटक्कै भएको छैन। म ऊर्जाशील छु र त्यस्तै जीवन बिताउन चाहन्छु। शान्त भएर बस्न सक्दिन। जनताबीच नै जान मन लाग्छ। कतिपय विषयमा भिड्नै पर्छ।
राजनीतिमा लाग्ने मेरो उमेर छ। उमेर बितेपछि मात्रै राष्ट्रपतिबारे सोचौंला। अहिले हतार छैन। हैन भने मलाई हिजो मात्रै केपी ओलीले विद्या भण्डारी भएको ठाँउमा जानुहोस भन्नु भएको थियो। तर मैले हुँदैन भने।
उहाँले मात्र होइन बामदेव गौतम, ईश्वर पोखरेल लगायत नेताहरुले दवाव दिइरहनु भएको छ, तर म जान्न। सुरुमा प्रचण्डजीले पनि दबाब दिनु भएको थियो। त्यो बेला उहाँले नै धोका दिनु भयो। त्यो पनि राम्रै भयो, म उपप्रधानमन्त्री र पछि प्रधानमन्त्री बन्न पाएँ। रामवरण यादवजस्तो खुम्चिएर बस्नु परेन।
एक अनलाइनमा अन्तरवार्तामा क्रममा









