एमाले र माओवादीबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको नेताहरुको दाबी छ । एकताबारे नयाँ पत्रिकासँगको कुराकानीमा माओवादी नेता नारायणकाजी श्रेष्ठले एमालेको विमति रहेको जनताको बहुदलीय जनवाद अर्थात् जबज र माओवादीले मान्दै आएको माओवादबारे पार्टी एकता संयोजन समितिबाट टुंगिए सहमति पत्रका हस्ताक्षर हुने बताए ।

उनले यसअघि भएका बैठकमा भएका सहमति र आज बैठकले मिल्न बाँकी रहेको जवजबारे समान धारणा बनाए सहमति पत्रमा आजै हस्ताक्षर हुने सम्भावना रहेको बताए । संयोजन समितिको बैठक आज साँझ ७ बजे बालुवाटारमा बस्दैछ । यसअघि नै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष प्रचण्डबीच सरकार र पार्टीको नेतृत्व आलोपालो चलाउने समहति भइसको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र ईश्वर पाेखरेललगायतले पोर्टफोलियो र जबजबारे विमति राखेका थिए । गत २ फागुनमा ललितपुरस्थित मानभवनमा ओली र प्रचण्डको ‘वन अन वन’ वार्ताले तयार पारेको सात बुँदे सहमतिप्रति उनीहरूले असहमति जनाएका थिए । त्यतिबेला दुई नेताको प्रस्ताव संयोजन समितिको बैठकबाट सहमति कायम हुन नसकेपछि बैठक पुनः बस्ने गरी टुंगिएको थियो ।

आइतबार ओली र प्रचण्डबीच भएको करिब ५ घण्टा लामो बैठकले जबज र माओवादलाई पार्टीको महाधिवेशनमा लगेर टुंग्याउने विषयमा समहति भएको थियो । सो सैद्धान्तिक विषयमा एमालेका नेताहरु सहमत भए पार्टी एकतको खाकामा हस्ताक्षर हुने भएको छ । यस अघि ओली र प्रचण्डबीच भएको सहमतिलाई पार्टी एकता संयोजन समितिले फेरबदल नगरे दुबै पार्टीले आधा–आधा समय सरकारको नेतृत्व गर्नेछन् । अर्थात् माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका ओली अढाइ वर्षका लागि प्रधानमन्त्री हुनेछन् भने आइतबार मात्रै संसदीय दलको नेतामा चयन भएका प्रचण्ड त्यसपछिको अढाइ वर्ष प्रधानमन्त्री हुन्छन् ।

ओली–प्रचण्डले बनाएको खाका यस्तो थियो – एकीकृत पार्टीमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समान हैसियतमा हुने । प्रचण्ड कार्यकारी अधिकारसहित अध्यक्ष हुने छन् भने ओली प्रधानमन्त्री हुने भएकाले सेरेमोनियल अध्यक्ष रहने छन् ।

– अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति अनुसार पाँच वर्षे कार्यकालमा दुवै आधा–आधा सयम (साढे २ वर्ष ओली र साढे २ वर्ष प्रचण्ड) प्रधानमन्त्री हुने छन् ।

– एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राखिने

– एकीकृत पार्टीका राजनीतिक दर्शन माक्र्सवाद र लेनिनवादलाई रहने

– एकता महाधिवेशनसम्म पार्टीको कार्य्दिशाका विषयमा समाजवाद उन्मुख कार्य्दिशा निर्माण र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने

– दुई अध्यक्षबाहेक बहुपद सृजना नगर्ने । एकसय भन्दा कमको केन्द्रीय समिति बनाउने ।

– राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रले पाउने ईनयापत्रिकाडट कम बाट साभार