दमक/प्रजातन्त्र दिवसको अवसरमा दमक जेसिजले अघि साँझ दमक जेसिज चोकमा दीप प्रज्वलन गरेको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख गिता अधिकारी सहित दीप प्रज्वलनमा सहभागि रहेका थिए ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरी लगायतको पनि उपस्थिति रहेको थियो । दमक जेसिजका अध्यक्ष चन्द्र खत्रीका अनुसार जेसिज स्तम्भमा दीप प्रज्वलन गरिएको हो । बिहान दमक नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेको थियो भने खासै अन्य कार्यक्रमहरु भएनन् ।












