बिपिपि दमक/पूर्व डिआइजि एवं एमाले साँसद नवराज सिलवाल गृहमन्त्री बन्लान की नबन्लान ? अहिले चासोसाथ हेरिएको छ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिलवाललाइ गृहमन्त्री बनाउने भनेर उद्घोष गरेका थिए ।

प्रहरी प्रमुख बन्न नदिएपछि राजिनामा दिएर राजनीतिमा आएका सिलवाललाइ पार्टीमा प्रवेस गराउने क्रममा ओलीले गृहमन्त्री बनाउने उद्घोष गरेपछि यसले राजनीतिमा तरंग नै आएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सिलवालले प्रतिनिधिसभा सदस्यमा टिकट पनि पाए र जिते । पार्टीमा प्रवेस गर्नसाथ प्रतिनिधिसभा सदस्यको टिकट पाउने भाग्यमानी मात्र बनेन् उनि चुनाव जितेर सबैलाइ चकित पनि पारे ।

नक्कली कागजपत्र बनाएको अभियोग लगाएर उनलाइ निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवादेखि लिएर वर्तमान प्रहरी प्रमुख सम्मले सिलवाललाइ पक्राउ गर्नका लागि लखेटे ।

ओलीले प्रधानमन्त्री हुनसाथ सिलवालको बिषयमा चासो दिएर केहि कानूनबिदहरुसंग छलफल समेत गरेको श्रोतको दाबी रहेको छ । मन्त्री परिषद बिस्तार हुदा उनलाइ गृहमन्त्री वा गृह राज्यमन्त्री बनाउन सक्ने सम्भावाना रहेको कतिपय एमाले नेताहरुले बताउने गरेकाछन् ।

सिलवाल निर्वाचनमा उठिरहदा उनलाइ गृहमन्त्रीको रुपमा नै हेरिएको थियो । तर बीचमा उनि विरुद्ध लागेका मुद्धाका कारण अब उनि गृहमन्त्री होलान की नहोला सर्वत्र चासो छ ।