दमक/प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र माओबादी केन्द्रबीच पार्टी एकताको विषयमा अन्तिम सहमतिको प्रयास भइरहेको बताइएको छ । अहिले ८ बजेपछि शिर्ष नेताहरुबीच छलफल शुरु भएको बताइएको छ ।
दुबै पार्टीले बनाएको शिर्ष कार्यदलको बैठक शुरु भएको हो । एमाले अध्यक्ष एवं प्रधानमनत्री केपी शर्मा ओली, एमालेका नेता झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेब गौतम सहभागिछन् ।
यसैगरी माओबादी केन्द्रको तर्फबाट पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्ड, माओबादी नारायणकाजी श्रेष्ठ, माओबादी नेता रामबहादुर थापा लगायतका नेताहरु सहभागि रहकाछन् ।











