धुलिखेल- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गएको सरकारले गरेको निर्णय उल्टाउँछु भन्नु वर्तमान सरकारका लागि आफ्नै वैधानिकतामाथि प्रश्न गरेसरह हुने बताएका छन्।
बनेपामा कांग्रेस काभ्रेले प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्र प्रदर्शन कार्यक्रममा प्रवक्ता शर्माले विपक्षलाई पनि सँगै लैजान सके मात्रै उपलब्धि हासिल हुने बताए।
कांग्रेस वर्तमान सरकारसँग सहकार्य गरेर जिम्मेवार प्रतिपक्ष बन्न तयार भएको बताउँदै उनले एक्लै हिँड्दा आफ्नै पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइराला पनि एक्लिएको उदाहरण दिए। रासस










