एमाले र माओवादीबीचको एकतालाई टुंगोमा पुर्याउन भनि शीर्ष एकता संयोजन समितिको बैठक बसिरहेकै बेला संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि बालुवाटार पुगेका छन् ।
उनी एमाले नेता अग्नी खरेलसँगै बालुवाटार गएको बताइएको छ । उनी सरकारमा सहभागि हुनेबारेमा छलफलका लागि बालुवाटार गएको बताइएको छ । उनी करीब एक घण्टा बालुवाटारमा एमाले र माओवादीका नेताहरुसँग छलफल गरेर बाहिरिएका थिए । एमाले माओवादीको एकतालाई टुंगोमा पुर्याउन पनि राती अबेरसम्म दुई पक्षीय बैठक चलेको थियो । लोकान्तरमा खबर रहेको छ










