दमक/ नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको बन्दको प्रभाव झापामा आँशिक रुपमा परेको छ । फाट्टफुट्ट सवारी साधनहरु चलिरहेकाछन् भने र पसलहरु खुला नै रहेकाछन् । लामो दुरीका सवारी साधनहरु नचलेको बताइएको छ ।
प्रहरीले सुरक्षा ब्यवस्थालाइ कडा बनाएको छ भने सडकमा प्रहरीहरुको बाक्लो उपस्थिति देख्न सकिन्छ । दमक बन्द निषेधित नगर भएकाले खासै ठूलो प्रभाव देखिएको छैन ।
यसैबीच नेपाल बन्दको अवेज्ञा गरेको भन्दै बिहानै विराटनगरको २ स्थानमा गाडीमा आगजनी गरेको छ । नेकपाका कार्यकर्ताले बन्दको अवज्ञ गरेको भन्दै मोरङको विराटनगरस्थित सलकपुर र ढाटमा माल बाहक ट्रकमाथि कारबाहीको गरेको हो ।
पार्टीले आफ्ना नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट ब्युरो सदस्य पदमबहादुर राई‘विकास’लगायत टोलीलाई आइतबार बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै आज नेपाल बन्द गरेको बताएको छ । राजधानीमा भने गाडी चलिरहेका छन् । बन्दको प्रभाव देखिएको छैन ।
दुई नेतालाई गिरफ्तार
नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का दुई नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य गणेश रैकाल र सिटीइभिटी उपत्यका जिल्ला सदस्य सन्तोष खड्कालाई प्रहरीले सोमबार साँझ काठमाडौंबाट बिनाकारण गिरफ्तार गरेको हो । दुबै नेतालाई प्रहरी प्रभाग सिंहदरवरमा राखिएको छ ।










