दमक/एमाले र माओबादीबीच एकताको आधारपत्रमा हस्ताक्षर भएपछि सरकारमा जाने बाटो खुलेको छ । पार्टी एकता लम्बिएका कारण माओबादी केन्द्रले मन्त्रीको छनोट गर्न सकेको थिएन ।
सोमबार राती समझदारी भएपछि माओबादी केन्द्रले आफ्नो भागमा पर्ने ५ देखि ६ वटा मन्त्रालयमा को को पठाउने भन्ने निर्णय गर्ने तयारी शुरु गरेको जनाइएको छ ।
अहिलेसम्म मन्त्री नभएका र लाभ नलिएका नेताहरुलाइ पठाउने की पुराना राम्रा काम गरेकालाइ पठाउने भन्ने बहस आन्तरिक रुपमा चलेको माओबादीका एक नेताले बताएकाछन् ।
सिनियरहरुलाइ मन्त्री मण्डलमा पठाउदा घोषणापत्रमा उल्लेख भएका कामहरु गर्न सकिने भएकाले त्यसै अनुसारको तयारी माओबादी केन्द्रले गरेको बताइन्छ ।
बर्षमान पुन (अनन्त), जनार्दन शर्मा, लिलामणि पोखरेल, हरिबोल गजुरेल,राम कार्की लगायतको नाम चर्चामा रहेको छ । रामबहादुर थापा (बादल)लाइ भने राष्ट्रियसभाको सभामुखमा अघि सार्ने भएपछि उनको नाम मन्त्री मण्डलमा ल्याउने सम्भावाना कम रहेको बताइन्छ ।










