दमक/दमकका राजनीतिक एवं सामाजिक युवा पर्शुराम रिजालले दमक नगर बिकास समितिको अध्यक्षबाट राजिनामा दिएकाछन् । उनले सरकार परिवर्तन भएसंगै नयाँ आउनेका लागि बाटो सहज गरि दिएकाहुन् ।

रिजाल अध्यक्ष बन्नु भन्दा अघिसम्म समिति निष्क्रियजस्तो रहेपनि केहि सक्रियता ल्याएका थिए । उनले कार्यालय समेत सञ्चालनमा ल्याएका थिए । त्यो भन्दा अगाडि कार्यालय समेत रहेको थिएन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२०७३ साल माघ ६ गते अध्यक्ष नियुक्त भएका उनले एक बर्ष समितिमा रहेर बिताएकाछन् । उनले आफू समितिले सहयोग मागेको अवस्थामा सधै सहयोग गर्न तयार रहेको जनाउदै राजिनामा दिएको बताएकाछन् ।