काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका तीन जना राष्ट्रियसभाका सदस्यलाई मनोनीत गरेकी छिन्।
शेरबहादुर देउवाको कामचलाउ सरकारले सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिँदै आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष युवराज खतिवडा, संविधानविद् रामनारायण बिडारी र डा विमला राई पौड्याललाई राष्ट्रियसभामा सिफारिस गरेको थियो।
अघिल्लो सरकारले गरेको सिफारिस रोकेर राखेकी राष्ट्रपति भण्डारीले वर्तमान सरकारले सिफारिस गरेकै दिन मनोनीत गरेकी हुन्।
राष्ट्रपतिले मनोनीत गरेसँगै ५९ सदस्यीय राष्ट्रियसभाले पूर्णता पाएको छ। राष्ट्रियसभामा निर्वाचित ५६ र मनोनीत ३ जना रहने संवैधानिक व्यवस्था छ।










