काठमाडौँ, ८ फागुन । पूर्वकानूनमन्त्री अग्नि खरेल सरकारको महान्याधिवक्ता बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चाहान अनुसार खरेल महान्याधिवक्ता हुन राजी भएका हुन् ।
मन्त्रिपरिषद्ले सिफारिश गरेका तीन जनामा खरेल नपरेपछि लगत्तै प्रधानमन्त्री ओलीले महान्यायाधीवक्ता बनेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । खरेलले ओलीको प्रस्ताव स्वीकार गरेको पुष्टि गरे ।
‘प्रधानमन्त्री ज्यूले सहयोग गर्नुपर्यो भनेर आग्रह गर्नुभयो, बायोटाडा बालुवाटार पठाएको छु’, दैनिक नेपालसँगको कुराकानीमा पूर्वमन्त्री खरेलले भने, ‘मेरो चाहान अरु नै थियो तर, पार्टी अध्यक्ष समेत रहका प्रधानमन्त्रीको प्रस्तावलाई इन्कार गर्ने कुरा भएन ।’
खरेल प्रधानमन्त्री ओलीको अघिल्लो सरकारमा कानुन मन्त्री थिए । ओली निकट खरेल झापा क्षेत्र नम्बर २ बाट चुनावमा पार्टीको टिकटका आकांक्षी थिए । प्रतिनिधि सभा प्रतक्ष्यतर्फ टिकट नपाएपछि अध्यक्ष ओलीले खरेललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने धेरैले अडकल गरेका थिए ।










