दमक/झापाको दमकमा हात्ती पाइले रोग बिरुद्धको अभियानमा डटेर लाग्ने नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गिता अधिकारी, वडाध्यक्ष लगायत सामाजिक संघसंस्थाहरुले प्रतिबद्धता जनाएकाछन् ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाले हात्ती पाइले रोग निवारणका लागि आउदो १२ गतेदेखि १५ गतेसम्म सञ्चालन गर्ने निशुल्क औषधि सेवन कार्यक्रमलाइ प्रभावकारी बनाउनका लागि भएको छलफलमा यस्तो प्रतिबद्धता जनाएकाहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगरप्रमुख ओली, उपप्रमुख अधिकारी, वडाध्यक्ष भीम पौड्याल, पशुपतिराज गौतम, लायन्स क्लव अफ माउण्ट एभरेष्टका सदस्य एवं स्वास्थ्यकर्मी बुद्धिशेखर भट्टराइ, रेडक्रस दमकका सदस्य तिर्थराज बस्नेत, ओम मेची अस्पतालका सागर खनाल लगायतले आफूहरु आफै फिल्डमा गएर औषधि खाइ भ्रम चिर्ने बताएका थिए ।

यो साधरण अन्य समयमा समेत सेवन गर्ने औषधि भएको बताउदै सबैलाइ आन आग्रह गरिएको थियो । दमक स्वास्थ्य शाखाका प्रमुख इनद्र अर्यालले हात्ती पाइले औषधि सबैलाइ खान आग्रह गरे ।

दमक अस्पतालका निमित्त मेसु बिपिन पाण्डेयले यो औषधि खाँदा जिबनभर हात्ती पाइले रोगबाट बच्न सकिने भन्दै नडराइ एवं नछुटाइ खान आग्रह गरे ।