काठमाडौं– राष्ट्रियसभामा शेर बहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारीस राष्ट्रपति बिद्यादेवी भण्डारीले नमानेर नयाँ सिफारीसअनुसार नियुक्ति गरेकामा नेपाल कांग्रेस रुष्ट देखिएको छ। उसले राष्ट्रपछि भण्डारीको पत्रकार सम्मेलनमार्फत नै बुधबार आलोचना गरेको छ।
निवर्तमान प्रधानमन्त्री देउवाकी पत्नी तथा कांग्र्रेस नेतृ आरजु देउवाले समेत राष्ट्रपतिको आलोचना गरेकी छिन्। सले राष्ट्रपछि सक्रिय हुने खतरा बढेको उनको भनाई छ।
उनले फेसबुकमा लेखकी छिन्–
‘नेपालको संविधान अनुसार ‘आलङ्कारिक’ रहनुपर्ने महामहिम राष्ट्रपतिज्यूबाटै संविधानको घोर उलङ्घन भएको छ। शेरबहादुर देउवा सरकारको पालामा गरिएको राष्ट्रिय सभाका ३ जना सदस्यहरूको नियुक्ति सिफारिसलाई राष्ट्रपतिज्यूले पर्याप्त समय हुँदा हुँदै पनि अनुमोदन नगरी त्यसपछि गठन भएको सरकारले गरेको नितान्त फरक व्यक्तिहरुको सिफारिस चाहिं तुरुन्तै अनुमोदन गर्नुले गरिमामय संविधानको उलङ्घन भएको हो। यस्तो कदमले राष्ट्रपति जस्तो मुलुककै अभिभावकको रुपमा तटस्थ रहनुपर्ने पदलाई विवादित र राजनीतिकरण मात्रै गरेको छैन, आगामी दिनहरुमा राष्ट्रपति थप ‘सक्रिय’ हुने खतरा बढाएको छ, जस प्रति गम्भीर खेद प्रकट गर्दछु।’
-नेपाललाइभ डट कम बाट साभार









