विष्णुप्रसाद पोखरेल दमक/राष्ट्र बैकमा गर्भनरको रुपमा र राष्ट्रिय योजना आयोगमा राम्रो काम गरेर चर्चा कमाएका झापाली अर्थबिद् डा. युवराज खतिवडा संसदीय यात्रामा प्रवेस गरेकाछन् । उनी राष्ट्रिय सभा सदस्य बनेका हुन् ।
मन्त्री परिषदको सिफारीसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा ३ जना नियुक्त गर्न सक्ने संबैधानिक प्रावधान अनुसार खतिवडा साँसद बन्न सफल भएकाहुन् । राजनीतिक पृष्ठभूमि नआएका उनलाइ ओलीले साँसद सिफारीस गर्दा कतिपय अचम्मित पनि भएकाछन् ।
खतिवडा साँसद भएसंगै उनि मन्त्री बन्ने बाटो खुला भएको छ । ओलीको सम्बृद्धिको सपनालाइ पुरा गर्न एउटा सारथीको रुपमा खतिवडालाइ लिएर जान चाहेको पनि यसले बुझ्न सकिन्छ ।
एमालेका शक्तिशाली नेताहरुले अर्थमन्त्री बन्ने आँकाक्षा देखाइरहदा खतिवडा यसका बलिया दाबेदारको रुपमा देखिने सम्भवाना बढेको छ । उनको नियुक्तिले मन्त्री बन्ने सम्भावानालाइ नकार्न नमिल्ने एक एमाले नेताले बताए ।
उनको अनुभवका कारणले गर्दा खतिवडाले गरिबी निवारण र अर्थसंग सम्बन्धित मन्त्रालय पाउन सक्छन् । खतिवडाको भने कुनै पनि धारणा अहिलेसम्म सार्वजनिक भएको छैन ।










