देशविदेशका विभिन्न सञ्चारमाध्यमले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका ४१ औँ प्रधानमन्त्री भनिरहेका छन् । सामाजिक सञ्जालमा पनि ओली ४१ औँ प्रधानमन्त्री हुन् भनिँदैछ ।
साउथ एशिया चेकले जाँच गर्दा के पायो भने ओली नेपालका ४१ औँ प्रधानमन्त्री होइनन् ।
जति पटक प्रधानमन्त्री भए पनि क्रम नथप्ने प्रधानमन्त्रीको कार्यालयको चलन अनुसार ओली ३८ औँ प्रधानमन्त्री हुन् । एउटै व्यक्ति प्रधानमन्त्री भए नै पिच्छे क्रम थप्ने हो भने उनी ६२ औँ प्रधानमन्त्री हुन आउँछन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि ओलीलाई ३८ औँ प्रधानमन्त्री नै भनेको छ ।
साउथ एशिया चेक










