काठमाडौ- मोष्ट वान्टेड गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। बुधबार बिहान रुपन्देहीको देवदहमा प्रहरीको गोलीबाट उनी मारिएका हुन्।

पक्राउ गर्न खोज्ने क्रममा भाग्न खोजेपछि जवाफी कारबाहीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। पुनका प्रमुख सहयोगी सोम आले पनि सोही घटनामा मारिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजेपछि गोली चलाइएको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताए। रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट हुँदा आक्रमण गरी भाग्न खोजेको एसपी ज्ञवालीले बताए। एसपी ज्ञवालीले भने -घटनास्थलमा घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा लगिएक थियो, त्यहाँ उनको मृत्यु भयो। पुन विगत ३ वर्षदेखि मोष्ट वान्टेड दिए।

गत वर्ष उनले देवदहमा युवा संघका नेता दुर्गा तिवारीको हत्या गरेका थिए। गत असोजमा काठमाडौंमा भएको शरद कुमार गौचनको हत्यामा पनि उनको शंलग्नता रहेको प्रहरीले जनाएको छ।

गत पुस २२ गते उनले देवदहमा बसन्त पौडेलको हत्या गराएका थिए। व्यापारीहरुको हत्या गर्ने र फिरौती असुल्ने धन्दा उनले चलाउदै आएका थिए। आतंकमा पर्याय बन्दै आएका पुनलाई पक्राउ गर्न एक वर्ष पहिलेदेखि प्रहरी टोली सक्रिय थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले बिशेष टिम बनाएर पुनको समूहलाई खोजी गर्दै आएको थियो। इन्काउन्टर सिआईबीको नेतृत्वमा भएको स्रोत बताउँछ।

नेपाल लाइभ बाट साभार