प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनको शव बुझ्न परिवारले अस्वीकार गरेका छन् ।

पुनको शवलाई पोस्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिए पनि परिवारका सदस्य अस्पताल आउन नमानेपछि पोस्टमार्टम हुन सकेको छैन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रुपन्देहीको देवदह नगरपालिकामा बस्दै आएकी मनोजकी श्रीमतीले शव बुझ्न अस्वीकार गरेकी छिन्।

पुनसँगै इन्काउन्टरमा मारिएका सोम आलेको परिवार भने भैरहवामा बस्दै आएका छन्। आज बिहान रुपन्देहीको देवदह नगरपालिका विजयपुर ४ मा प्रहरी इन्काउन्टरमा पुन र आले मारिएका थिए।

-http://www.zooomnp.com बाट