काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको हो।

प्रधान मन्त्रीको निजी सचिवालयका अनुसार दुई नेताबीचको भेटवार्ता सकिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधवार साँझसम्म मन्त्रिपरिषद बिस्तारको तयारीमा रहेका दुई दलका अध्यक्ष मन्त्रालय बाँडफाँटको परामर्शमा जुटेका हुन्।

यस्तो छ बाँडफाँटको हिसाब अब कायम हुने १५ मन्त्रालय मध्ये एमालेले ८ र माओवादी केन्द्रले ५ मन्त्रालय लिने दुई दलबीच मोटामोटी सहमति छ। दुई मन्त्रालय भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग सरकारमा सहभागिताबारे छलफल भइरहेको भन्दै तत्काल बाँडफाँट हुने छैन। कायम भएका १५ मन्त्रालयलाई बढाएर १८ पुर्‍याउने कसरत पनि गरिएको छ।

मोटामोटी सहमति अनुसार एमालेले प्रधान मन्त्रीसहित, अर्थ, भौतिक पूर्वाधार, कानुन न्याय तथा संसदीय मन्त्रालयमा दाबी गरेको छ। माओवादी केन्द्रले गृह तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय माग गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमा दुवै दलको दाबी छ। मन्त्रालय बाँडफाँटमा सहमति भएपछि मन्त्रीको नाम टुंगोमा पुर्‍याउने दुवै दलको तयारी छ।

यी हुन् आकांक्षी एमाले माओवादीमा मन्त्रीका लागि नेताहरुको दौडधुप चलिरहेको छ। एमालेबाट मन्त्रीको आकांक्षी छन्। आकांक्षी व्यवस्थापन गर्न एमालेमा सकस छ।

एमालेमा भीमबहादुर रावल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, छविलाल विश्वकर्मा, रवीन्द्र अधिकारी, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, भानुभक्त ढकाल, शेरबहादुर तामाङ लगायतका नेताहरु मन्त्रीको लागि चर्चामा छन्।

रामबहादुर थापा ‘बादल’को नेतृत्वमा माओवादी सरकारमा जाने तयारी छ। वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादव, अग्नि सापकोटा, देव गुरुङ, हितबहादुर तामाङ लगायतका नेता माओवादीबाट मन्त्रीको लागि चर्चामा रहेका छन्। पार्टी प्रवक्ता पम्फा भुसालले भने मन्त्रीको नाम टुंगो नलागेको बताइन्।

-पहिलो पोस्ट डट कम बाट साभार