शैलेन्द्र महतो/उज्यालो । धनुषा, फागुन ९ – जनकपुरको पोखरीमा तैरिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ ।

बुधबार जनकपुर उपमहानगरपालिका –८ मा रहेको पागवती पोखरीमा नवजात शिशुको शव फेला परेको हो । कसैले जन्मिनेबित्तिकै शिशुको हत्या गरेर शव पोखरीमा फालेको हुन सक्ने प्रहरीको आशंका छ । कपडामा बेरेर फालेको शिशुको शव पोखरीमा तैरिरहेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछिल्लो समय जनकपुरलगायत तराईको जिल्लामा अनैतिक सम्बन्धबाट जन्मेको शिशुलाई जिउँदै वा हत्या गरेर फाल्ने क्रम बढेको छ ।

दर्जनौँ बच्चालाई यसरी बेवारिसे र हत्या गरेर फालिए तापनि हालसम्म प्रहरीले बच्चा फाल्ने एक जनालाई पनि पक्राउ गर्न सकेको छैन । जसको कारण यसरी बच्चा जन्माएर हत्या गरी अथवा जिउँदै फाल्ने अपराधिक क्रियाकलाप गर्नेहरुको मनोवल बढ्दै गएको बुद्धिजीवीहरुको गुनासो छ ।

-उज्यालो अनलाइन बाट