दमक/बाल सुबोधिनी आधारभूत बिद्यालय मेचीनगर १४ दुवागढीले आफ्नो स्वर्ण महोत्सवको अवसरमा बिभिन्न क्षेत्रमा बिशिष्ठ योगदान दिने ब्याक्तित्वहरुलाइ सम्मान गरेको छ । सवाल नेपालका सम्पादक एवं गोरखापत्र दैनिकका पत्रकार विष्णुप्रसाद पोखरेल सहितका पत्रकार तथा सञ्चारमाध्यमहरुलाइ बुधबार सम्मान गरिएको हो ।

झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य राम कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लायन्स क्लव अफ माउष्ट एभरेष्टका अध्यक्ष रुद्र गौतमलाइ पनि सम्मान गरिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिद्यालयका प्रधानअध्यापक विश्व थापाका अनुसार ३ दिवसिय स्वर्णमहोत्सव कार्यक्रमको आज समापन गरिएको हो । स्वर्ण महोत्सव स्तम्भको समेत प्रमुख अतिथि कार्कीले अनावरण गरेका थिए ।