दमक/तपाईं आफ्नो घरको भान्सा कोठालाई कस्तो बनाउन चाहनुहुन्छ रु सानो क्षेत्रफल, देख्दा आकर्षक अनि सुविधाले भरिपूर्ण भान्सा होस् भन्ने चाहना सबैको हुन्छ । तर, आधुनिक भान्सा निर्माणका लागि आवश्यक सामग्री जुटाउन धेरै ठाउँ घुम्ने इच्छा भने कसैको हुँदैन ।
अब आधुनिक र सुविधा सम्पन्न भान्सा बनाउने इच्छालाई एकै स्थानबाट सजिलोसँग पूरा गर्छ रु ‘मोडुलर किचन सेट’ले । नेपालमा केही वर्षयता ‘मोडुलर किचन’को निर्माण गर्ने थुप्रै कम्पनी सञ्चालनमा छन् । यसले धेरै ठाउँ घुमेर सामग्री जुटाउन खर्च गर्नुपर्ने समयको बचत गरेको छ ।
यसैलाइ ख्याल गर्दै झापा दमकका लोकप्रीय युवा ब्यवसायी नविनकुमार अग्रवालले थप नयाँ ब्यवसाय शुरु गरेकाछन् । दमकको फर्निचर लाइनमा अंकित होम सोलुसन सञ्चालनमा ल्याएकाहुन् । पारिवारिक रुपमा नै नयाँ ब्यवसाय शुरु गरेको अग्रवालले जनाएकाछन् ।
यसभन्दा अगाडि रंग(DULUX) को ब्यवसाय गर्दै आएका उनले ब्यवसाय थप गर्दै अत्याधुनिक किचनका सामाग्रि सहित घर बनाउदा आवश्यक पर्ने बाथरुमका सामाग्रिहरुको बिक्री शुरु गरेका हुन् ।
अत्याधुनिक सो रुम सहित मोडुलर किचनका सबै सामाग्रि यहाँ उपलब्ध हुने अग्रवालले जनाएकाछन् । अब अत्याधुनिक र आफूले भनेजस्ता सामाग्रि लिनका लागि सिलगुढी तथा जोगवनी गइरहनु नपर्ने जनाइन्छ । धारा, कम्बोड, चिम्नि, चुलो लगायतका सामाग्रिहरु सुपथ मूल्यमा यहि पाइने आशिस अग्रवालले बताए ।
रंग (DULUX) को पनि बिक्रेता रहेका अग्रवालले ग्राहकलाइ सन्तुष्ट बनाउने नै सोचले नै अत्याधुनिक सो रुप सहित ब्यवसाय शुरु गरिएको हो । उपभोक्ता एवं ग्राहकहरुलाइ उनले सेवा गर्ने मौका दिने आग्रह समेत गरेकाछन् । मंगलवार बुबा इन्द्रशेन अग्रवाल र ज्वाइ अजय अग्रवाल सहित परिवारका अग्रज सदस्यले शो रुमको औपचारिक उद्घाटन गरेका थिए ।











