दमक/महान्यायाधिवक्तामा नियुक्त भएपछि पार्टीबाट राजिनामा दिएर अग्नि खरेलले महान्यायाधिवक्ताको सपथ खाएकाछन् । उनले बुधबार नै कार्यभार समेत समालेकाछन् । हिजो प्रधानमन्त्री ओलीले खरेललाइ महान्यायाधिवक्तामा सिफारिसलगत्तै राष्ट्रपतिले नियुक्त गर्नुभएको थियो ।
महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार मानिन्छ । पूर्व कानुनमन्त्री समेत भइसकेका खरेलले प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गरेर सहयोग गर्नका लागि तयार भएको बताएका थिए । ‘










