प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिलाको ज्यान बचाउन हेलिकोप्टर पठाएर काठमाडौं ल्याई उपचारको ब्यवस्था मिलाउनु भएको छ ।

भीरबाट लडेर गम्भीर घाइते भएकी बाजुराको दुर्गम गाउँ गौमुल निवासी धर्म रोकायालाई काठमाडौं ल्याउन यति एअरलाइन्सको हेलिकोप्टर पठाई काठमाडौं ल्याएर बीर अस्पतालमा उपचार सुरु गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत फागुन ३ गते भीरबाट लडेर घाइते भएकी रोकायलाई नेपालगञ्जमा उपचार सम्भब नभएपछि समस्या परेको थियो । घाइतेको समस्यावारे बाजुरा निवासी एमाले पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले प्रधानमन्त्रीलाई जानकारी गराएपछि हेलिकोप्टरबाट ल्याउन निर्देशन दिनुभएको थियो ।प्रधानमन्त्रीले बिरामी रोकायालाई तत्काल काठमाडौं ल्याउन निर्देशन दिँदै जहाजको प्रबन्ध गराएपछि मंगलवार नै काठमाडौं ल्याएर उपचार अघि बढाइएको एमाले नेता थापाले जानकारी दिनुभयो ।

घाइते रोकायाको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ । सरकार गरीव जनताका लागि नै रहेको भन्दै प्रधानमन्त्री ओलीले उद्धार र उपचारको लागि निर्देशन दिनुभएको हो ।एमाले नेता तथा पूर्वमन्त्री थापाका अनुसार बाजुरा जिल्लाको गौमुल निवासी ४० वर्षिया धर्मादेवी रोकाया फाल्गुण ३ गते भीरवाट लडेर गम्भिर धाईते हुनभयो । आफन्तहरुले नेपालगञ्जसम्म ल्याई पुर्याए । उहाँ नेपालगञ्ज ल्याउने समयमा बाटोमै बेहोस हुनुभयो । भेरी अञ्चल अस्पतालमा उपचार हुन नसक्ने भएपछि काठमाडौ ल्याउने कुनै पनि उपाय भएन ।

जहाजको सिटमा बस्न नसक्ने, एम्बुलेन्समा काठमाडौंसम्म ल्याउन पनि नसकिने भ पछि एउटामात्रै विकल्प जहाज चाटर गर्नुपर्ने भयो । जहाज चार्टर गर्दा ८ लाखभन्दा पनि बढि रकम लाग्ने विमान कम्पनीबाट जानकारी पाइयो । यो सबै स्थितिबारे प्रधानमन्त्री ओलीलाई एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री कर्ण थापाले जानकारी गराए । प्रधानमन्त्री ओलीले महिलाको ज्यान जोगाउनको लागि जे गर्न पर्ने भए पनि गर्नु पर्छ भनेर निर्देशन दिनुभयो ।

प्रधानमन्त्री आफैले यति एयरलायन्सको जहाज काठमाडौंबाट नेपालगञ्ज पठाएर मंग्लवारवेलुका काठमाडौ ल्याएर वीर अस्पतालको सघनकक्षमा उपचार अघि बढाइएको छ । उहाँको अवस्था निकै गम्भिर छ । चिकित्शकका अनुसार उहाँलाई बचाउन सकिने सम्भावना निकै कम रहेको एमाले नेता थापाले जानकारी दिनुभयो ।

‘घाइते महिलाको ज्यान बचाउन हरसंभव प्रयाश गरिएको छ, दुर्गम जिल्लाको एक गरिव महिलाको ज्यान जोगाउनको लागि सम्माननीय प्रधानमन्त्रीज्यूले जुन स्तरको सकृयता देखाउनु भयो, यसले जनउत्तरदायी सरकार सञ्चालन गर्ने उहाँको इच्छाशक्ति प्रमाणित भएको छ र उहाँभित्र रहेको मानवताको भावना उजागर भएको छ । ७ नं प्रदेशलाई कार्यक्षेत्र बनाई रहेको एक राजनीतिक कार्यकर्ताका हैसियतले सम्माननीय प्रधानमन्त्रीप्रति सम्पूर्ण गरिव तथा न्यायप्रेमी जनताको तर्फबाट हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गर्दछु,’ थापाले भन्नुभयो ।