दमक/झापाको कमल गाँउपालिकामा रहेको ‘वर्क फर नेपाल’ले एच.एच.आर.डी. नेपालको सहकार्यमा झापामा गरिबी न्यूनिकरण अभियान अन्र्तगत कार्यक्रमहरु सञ्चालन शुरु गरेको छ । प्रारम्भिक चरणमा एक नगरपालिका सहित ३ वटा स्थानीय तहमा कार्यक्रम शुरु गरेको हो ।

गत फागुन १ गतेदेखि कमल गाउँपालिका, गौरादह नगरपालिका र झापा गाउँपालिकामा गरिबी निवारण कार्यक्रमको शुरु गरेको ‘वर्क फर नेपाल’ का अध्यक्ष तीलचन्द्र अधिकारीले बताए । गरिबी न्यूनिकरण कार्यक्रम अन्र्तगत ५ वटा कार्यक्रमहरु सञ्चालन हुदैछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गौरादह नगरपालिका र कमल गाँउपालिकाका अति बिपन्न ९८ परिवारलाइ न्यानो कपडा बितरण गरिएको जनाइन्छ ।  एच.एच.आर.डी. नेपालका कार्यक्रम व्यवस्थापक जिबा पोख्रेलले स्थानीय सरकारको रुपमा रहेका स्थानीय तहसंग समन्वय गरेर कार्यक्रम अघि बढाइनेछ ।

परियोजनालाइ प्रभावकारी बनाउन र बिपन्न समुदायमा स्वास्थ्य सेवाको पहुच पुर्याउन समेत छलफल अघि बढाइएको वर्क फर नेपालका दिनेश संग्रौलाले बताए ।