विभिन्न हत्याका घटनामा मुछिएका रुपन्देहीका मनोज पुनको बुधवार बिहानै प्रहरीको जवाफी कारवाहीमा मृत्यु भएको छ ।

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवालीका अनुसार, रुपन्देहीको देवदहमा प्रहरीमाथि फायर गरेपछि जवाफी कारवाही गर्ने क्रममा पुनसहित उनका सहयोगीलाई गोलि लागेको थियो । पुनसँगै रहेका मुख्य सहयोगी सोमबहादुर आले पनि मारिएका छन् । रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा राती ३ बजेदेखि साढे ३ बजेबीचको प्रहरी कारवाहीमा गम्भिर घाइते भएका पुन र आलेको बिहान साढे ५ बजे लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु् भएको प्रहरी प्रमुख एसपी ज्ञवालीले बताए

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एसपी ज्ञवालीले पुनसँग जम्काभेट भएको यसरी सुनाए

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइवी)बाट गुण्डा मनोज पुनसहितको टोली रुपन्देही आएको सुचना प्राप्त भयो । मनोज पुन र उसका केटाहरु आएको सुचना प्राप्त भएपछि सीमा नाकाहरु देखि विभिन्न स्थानमा ब्यापक प्रहरी परिचालन गरेका थियौं ।

खोजतलास र सर्च गर्ने क्रममा सिआइवीको प्राविधिक टोलिबाट लोकेसन प्राप्त गर्दै कारवाही अगाडी बढाउदै लगेका थियौं । जताततै खोजी गरिरहेका थियौं भने उसको घरतीर पनि गएर खोजी गरिरहेका थियौं ।

मनोज पुन र उसका केटाहरु आएको सुचना प्राप्त भएपछि सीमा नाकाहरु देखि विभिन्न स्थानमा ब्यापक प्रहरी परिचालन गरेका थियौं ।

सोही क्रममा बिहान करिब ३ बजेको समयमा रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा प्रहरीसग जम्का भेट भयो । जम्का भेट हुने वित्तिकै उताबाट फायर भयो, हाम्रो (प्रहरीको) मोटरसाइकलमा लाग्यो । त्यसपछि जवाफी कारवाही सुरु भएको हो ।

जवाफी कारवाहीमा मनोज पुन र सोम आले घाइते भएपछि उनीहरुलाई लुम्विनी अञ्चल अस्पताल बुटवलमा ल्याइएको हो र अस्पतालमा विहान करिव साढे पाच बजे उनीहरुको मृत्यु भएको हो ।

देवहद नगरपालिका ४ भवानीपुरमा प्रहरीसग जम्का भेट भयो । जम्का भेट हुने वित्तिकै उताबाट फायर भयो, हाम्रो (प्रहरीको) मोटरसाइकलमा लाग्यो । त्यसपछि जवाफी कारवाही सुरु भएको हो ।

घटना स्थलबाट एउटा पेस्तोल बरामद भएको छ । एउटा मोटरसाइकल पनि वरामद भएको छ । मोटरसाइकलमा लु १३ प ३३७६ नम्वरको प्लेट लगाइएको भएपनि सो नक्कली नम्वर प्लेट हो । भारतीय नम्वर प्लेटको पल्सर मोटरसाइकल जुन उनीहरुले प्रयोग गरेका थिए, त्यसलाई वरामद गरेका छौं । एउटा ल्यापटप, केही डायरीहरु पनि वरामद गरेका छौं ।

अर्कै नाममा पार्सपोर्ट लिएको पनि पाइयो

मनोज पुनले सुनिल कुमार मगरका नाममा नवलपरासीबाट पार्सपोर्ट(राहदानी) बनाएको पनि पाइएको छ । उसले एटीएममा समेत अर्कै नाम राखेको पाइएको छ । ल्यापटप तथा डायरीहरु वरामद भएकाले ती अध्यान गरेपछि थप तथ्यहरु खुल्दै जानेछन । अपराधमा संलग्न बाकी अपराधीहरुबारे पनि थप तथ्य खुल्दै जानेछ ।

गोवामा पक्राउ परेको र ल्याएर मारेको आरोप गलत

मनोज पुन भारतको गोवामा पक्राउ परेको भन्ने गलत हो । भारतमा पक्राउ परेर ल्याइएको होइन । यसमा कुनै सत्यता छैन । भारतमा पक्राउ परे भन्ने प्रयोजित हल्ला हो । बलु हत्यामा संलग्न दुइ जना पक्राउ तथा हत्यामा प्रयोग भएका हतियार वरामद भएपछि स्थानिय वासिन्दामा अब मनोज पुनलाई पैसा नदिएपनि हुन्छ भन्ने हुन थाल्यो । फिरौती रकम पाउन छाडेपछि अर्को अपराध गर्ने र डर त्रास कायम राख्ने योजनाका साथ त्यस्तो हल्ला फैलाइएको हुन सक्छ ।

यस्ता अपराधमा जोडिएका थिए पुन

एमालेको युवा संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको २०७३ पुस ४ गते दिनदहाडै गोली प्रहार गरी हत्या भएको थियो । रूपन्देहीको देवदह नगरपालिका वडा नं.–८ स्थित खैरेनी चोकदेखि १ सय मिटर दक्षिणतर्फ बाटोमा अपरान्ह गोली प्रहार भएको थियो ।

आक्रमणकारीले गोलि छातीको वाया साइटमा अर्थात मुटुमै हानेका थिए । यस हत्यामा मनोज पुन जोडिएका थिए । तिवारी इमान्दार कार्यकर्ताका रुपमा चिनिन्थे भने समाजमा पनि उनी राम्रोसग घुलमिल थिए ।

बलुको हत्यामा मनोज

गत पुस २१ गते शुक्रवार विहान करिब ११बजे बसन्त पौडेल बलु र उनकी श्रीमति आफ्नै सः मिल भएको स्थान देवदहको ढेकारमा आगो तापेर वसेका बेला पौडेलको छातिमा गोलि हानिएकोे थियो । गोलि लागि गंभिर घाइते भएका पौडेललाई तत्काल उपचारका लागि लुम्विनी अञ्चल अस्पताल बुटवलमा ल्याइएको थियो । जहा उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

गोलि हानी हत्या भएलगत्तै मनोज पुनले आफूले हत्या गराएको भन्दै घटनाको जिम्मा लिएका थिए । आफू मलेशिया बाट वोलेको भन्दै आफ्ना केटाहरुले बसन्तको हत्या गरेको उनले बताएका थिए । एमाले कार्यकर्ता बसन्त पौडेल एमालेका स्थानिय नेता निलकण्ठ पौडेलका एक मात्र छोरा थिए ।

साविकको केरवानी गाविसको पूर्व अध्यक्ष निलकण्ठ देवदह क्षेत्रका समाजसेवीका रुपमा पनि चिनिन्छन । उनका छोरा बसन्त पनि इमान्दार कार्यकर्ताका रुपमा रहेका थिए । विगतमा युवा संघको क्षेत्रीय कोषाध्यक्ष भएर काम गरेका बसन्त युवा संघपछि पार्टीको सदस्य भएर रहेका थिए ।

युवा संघका तत्कालिन अध्यक्ष दुर्गा तिवारीसगै युवा संघको राजनीतिमा सक्रिय बसन्त युवा संघमा इमान्दार पक्तिंमा गनिन्थे । ब्यवसायमा पनि हात हालेका बसन्तले आफ्नै काठ मिल(उज्वल सः मिल) चलाउदै आएका थिए । (नयाँ पत्रिकासँगको कुराकानीमा आधारित)

नयाँ पत्रिकाबाट