प्रधानमन्त्री  केपी शर्मा ओलीले यहि हप्ता भित्रमा मन्त्रिपरिषद् पूर्ण रुपमा विस्तार हुने बताएकाछन् ।

बुधबार काठमाडौंको दहचोकस्थित कालु पाँडे समाधिस्थलमा पुगेका उनले भोलि पर्सिमा मन्त्रिपरिषद विस्तार हुने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोहि स्थानमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ओलीले देउवाको जस्तो ६४ सदस्यीय मन्त्रीमण्डल नहुने बताएका छन् ।

यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकार अहिलेसम्मकै सबैभन्दा ठूलो ६४ सदस्यीय बनेको थियो ।

बुधबार कालुपाँडे समाधिस्थलमा आयोजित कार्यक्रममा संबोधन गर्दै ओलीले गढीहरुको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिने बताए ।

बुधबार काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित इन्द्रदह महोत्सवको उदघाटन गर्दै ओलीले मुलुकको समग्र विकासमा मात्रै आफू केन्द्रित हुने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले स्थानीय जनताको उत्साहपूर्ण सहभागिताबाट मात्रै मुलुकमा विकास, निर्माणको कामले तीव्रता पाउने पनि स्मरण गराए । उनले ऐतिहासिक महत्वको इन्द्रदहमा वीर कालु पाण्डेको पूर्णकदको शालिक स्थापना गर्ने घोषणा पनि गरे ।