काठमाडाैं, फागुन ९ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हरेक पाइला विकासको बाटोमा हुने बताएका छन्।

काठमाडाैंको दहचोकमा पर्यटन उत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारको मुल प्राथमिकता नै समृद्धि र विकास भएकोले आफू हर तरहले जनतालाई यो उपलब्धिको अनुभूति गराउन प्रयत्नशील रहने बताएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘मेरो हरेक पाइला विकाशका लागि र विकासको बाटोमा हुनेछ,’ ओलीले भने, ‘अब विकासका लागि हरेक जमिनको टुक्रा र हरेक थोपा पानीको पनि उपयोग हुन्छ।’

प्रधानमन्त्री ओलीले नेपालको ऐतिहासिक महत्वका किल्ला र गढीहरुको संरक्षण र पुननिर्माणको जिम्मा नेपाली सेनालाई दिने बताएका छन्।

‘युद्धसँग जोडिएका ती किल्लाहरुको महत्व, अपनत्व, ऐतिहासिकता, दुःखकष्टसँग सेना जोडिएको हुन्छ,’ ओलीले भने, ‘यस कामका लागि सरकारको पूर्ण सहयोग हुन्छ तर त्यसको अगुवाइ सेनाले गर्छ।’

दहचोकमै रहेको नेपाल एकीकरणका एक सारथी कालु पाण्डेको समाधीस्थलमा माल्यार्पण गरेपछि महोत्सवको उद्घाटन गर्न भएका ओलीले नेपाल एकीकरणसँग जोडिएको यस ठाउँलाई ऐतिहासिक र पर्यटकीयस्थलको रुपमा विकास गर्नुपर्ने बताएका छन्।

गत वर्षदेखि हरेक वर्षको फागुन ९ गते कालु पाण्डेको समाधीस्थल पुग्ने प्रतिवद्धता गरेका प्रधानमन्त्री ओलीले आगामी वर्ष आउँदा विकासमा यस ठाउँले फड्को मार्ने बताका छन्।

दहचोकमै सरकार कहिले हुन्छ भनेर राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले भोलि र पर्सीमा सरकार विस्तार हुने जनाएका छन्।

शुभदिन बाट