मङ्सिर-२४ ,दमक-नेपाल मानव अधिकार प्रतिष्ठानका निवर्तमान केन्द्रिय अध्यक्ष आनन्द आचार्यले नेपलमा राजनीतिक अस्थिरताका कारण मानव अधिकार उल्लघंनका घटनाले संरक्षण पाएको बताउनुभएको छ ।
मानव अधिकार प्रतिष्ठान झापा शाखाले आज ६८ औँ विश्व मानव अधिाकर दिवशको अवसर पारेर झापाको दमकमा गरेको कार्यक्रममा बोल्दै उहाँले राजनीतिक संरक्षणका कारण गम्भिर प्रकृतीका मानव अधिकार उल्लघंनका घटना बेको बताउनुभउको हो । राजनीतिक अस्थिरताले देशमा दण्डहिनता बढेको भन्दै उहाँले भन्नुभयो,‘जतिसुकसुकै गलत काम गरे पनि लोकतन्त्र र गणतन्त्रको नाममा सत्तामा बसेकाले जस्तोसुकै काम गर्दा पनि रााज्यले कारवाही नगर्दा मानवअधिकार उल्लंघनका घना बढेको छ’ । मधेश आन्दोलन लगायत अधिकार प्राप्तिको आन्दोलनमा समेत आन्दोलनकारी र सरका पक्षबाट मानव अधिकार उल्घंन भएको बताउनुभयो । राजनीतिक दलहरुले आफ्नो स्वर्थकालागि प्रत्येक पटक मानव अधिकार उल्लघंन गरेको समेत उहाँले आरोप लगाउनुभंयो । कार्यक्रममा बोल्दै नेपाल मानव अधिकार आयोगका पूर्वाञ्चल डाईरेक्टर झङ्कार रावलले अधिकार खोज्दा आफ्नोे कर्तब्य पनि नविर्सन आाग्रह गर्नुभयो । कार्यक्रम मानव अधिकार प्रतिष्ठान झापाका अध्यक्ष डाक्टर नविन चापागाईको सभापतित्वमा सम्पन्न भएको थियो ।



