दमक/जिल्ला समन्वय समिति झापाले आफ्नो सक्रीयतालाइ बढाएको छ । स्थानीय तहरुसंग समन्वकारी भूमिका खेल्ने दायित्व बोकेको समितिले स्थानीय तहहरुको अनुगमन गर्न थालेको हो ।

जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेलका अनुसार स्थानीय तहले अनुकरण गरेका राम्रा कामहरुलाइ प्रोत्साहन गर्नका लागि र जिल्ला सभाको तयारीका लागि स्थानीय तहरुको अनुगमन एवं त्यहाँ पुगेर छलफल शुरु गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीय तहका जनप्रतिनिधिहरु समेत आफूहरु पुगेपछि उत्साहित भएको पाइको पोर्तेलले जानकारी दिनु भयो । स्थानीय तहरुले थुप्रै राम्रा र अनुकरणिय काम गरेपनि त्यो बाहिर नआएको पाएको उनको भनाइ छ ।

पोर्तेलका अनुसार केहि समययता शुरु भएको अनुगन अधिकाँश स्थानीय तहमा सम्पन्न भइसकेको छ । अब गौरादह नगरपालिका र मेची नगरपालिकामात्र बाँकी रहेकाछन् । अन्य १३ स्थानीय तहमा अनुगमन सम्पन्न भइसकेको छ ।