दमक/पूर्वमा मिटर ब्याजले धेरैको उठिवास लागेका बिषयमा चर्चामा आइरहदा दमकमा पनि यसको कारोबारीहरु धेरै रहेको बताइएको छ । ब्याक्तिगत तथा संस्थागत रुपमा मिटर ब्याजीहरु सक्रिय रहेपछि प्रहरीको बिशेष अनुसन्धान ब्यूरोले यस तर्फ आँखा लगाएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी बिव्लव समुहले यसको बिरोधमा आन्दोलन गर्ने समेत बताइ सकेको छ । यहि आरोप लगाउदै जिबन बिकास संस्थाका कागजपत्र समेत केहि दिन अघि जलाइ दिएको थियो ।
दमकमा मिटर ब्याजका कारण धेरै ब्यापारीहरुको उठिवास लागेको र केहि लाग्ने क्रममा रहेको बताइन्छ । विश्वासिलो वकिल राखेर कागजी तमसुक गरेर नै चलन चल्तिभन्दा दश गुणासम्म बढि पैसा लिएर मिटर ब्याजमा लगाउनेहरु समाजका लब्ध प्रतिष्ठित ब्याक्तिहरु नै रहेको पाइन्छ ।
दमकका एक ब्यापारीले तमसुक देखाउदै आफूले २० लाख लिएको अहिलेसम्म १ बर्षको अवधिमा ७ लाख ७५ हजार ब्याज तिरिसकेको बताए । उनले आफ्ने नाम बैकले ब्लाक लिस्टमा राख्न लागेपछि दमकका नाम चलेका ब्यवसायीबाट नै यो पैसा लिएका हुन् ।










