मङ्सिर-२४ -समाजबादी किसान महासंघ नेपालको प्रथम जिल्ला भेला दमकको दिपिनी नि मा बि मा सम्पन भएको छ । आज सम्पन्न भएको जिल्ला भेलामा नयाँ शक्ती पार्टीका केन्द्रिय सदस्य तेज लाल कर्णको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै भेलामा युवा शक्तीका केन्द्रीय सचिबालय सदस्य एबम झापा जिल्ला सम्योजक राजु खड्का, नया शक्ती बिध्यार्थी युनियनका केन्दृय सचिबालय सदस्य उमेस खनाल , पार्टीका जिल्ला सदस्य एबम दमक नगर सम्योजक भेसराज भट्टराई र पर्टिका जिल्ला सदस्यहरु पुष्प नौउपाने , भिम राइ , सन्त लिम्बु , र अन्य अतिथीहरु को उपस्थिती रहेको थियो । भेलाले दिपक बुढाथोकीको सम्योजकतामा ३५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । कार्यक्रममा जिल्ला सम्योजक दिपक बुढाथोकीले पछि केहि थपिने गरि अन्तरिक कमिटी बनेको र नेपाल कृषी प्रधान देश हुदा पनि कृषी क्षेत्रमा बिभिन्न समस्या भएको भन्दै यस्को हल गर्दै कृषि क्षेत्रका समस्या सँग लड्ने र आफै कृषि फर्म हरु खोल्ने बताउनु भयो ।



