काठमाडौं । अन्तत वामगठबन्धनको तर्फबाट केपी ओली नेतृत्वमा बनेको सरकारका १८ मन्त्रालय बन्ने पक्का भएको छ । प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय रहने भएका छन् । तर एमाले र माओवादीले कुन कुन मन्त्रालय लिने भन्ने अझै टुंगिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार मन्त्रालयको संख्याबारे छलफल भएको थियो । दुई नेताले आफूहरुको छलफल नटुंगिएको र भोलि थप कुराकानी गर्ने आफ्ना निकतवर्तीहरुलाई बताएका छन् ।

माओवादीका एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय राख्न दुई नेतावीच सहमति भएको छ । हाल ३० मन्त्रालय छन् । तर, संविधानमा नै केन्द्र सरकार बढीमा २५ सदस्यीय हुने भन्ने उल्लेख भएकाले मन्त्रालयको संख्या घटाउनुपर्ने भएको छ । संघीय प्रशासनिक पुनःसंरचना समितिले १८ मन्त्रालय बनाउन सिफारिस गरेको थियो भने काशिराज दाहाल नेतृत्वको समितिले १५ मन्त्रालय राख्न सिफारिस गरेको थियो । दाहालको सिफारिस अनुसार अघिल्लो सरकारले १५ मन्त्रालय रहने प्रस्ताव मन्त्रिपरिषदमा लगिसकेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैवीच माओवादीले ओली सरकारमा उपप्रधानमन्त्री र गृहसहित कम्तिमा ७ मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको छ । गृह र भौतिक पूर्वाधार मन्त्रालय आफूले लिने माओवादीको योजना छ । पर्यटन मन्त्रालयमा पनि माओवादीको दाबी छ । अर्थमन्त्रालय आफूले राखेपछि माओवादीलाई गृह दिन एमाले सकारात्मक रहेको नेताहरुले बताएका छन् । तर, अरु मन्त्रालयको भागवण्डा मिलेको छैन ।

साथै एमालेले संघीय फोरमलाई सरकारमा सहभागी गराउन चाहेकाले मन्त्रालय भागवण्डा लम्बिएको नेताहरु बताउँछन् । संघीय प्रशासनिक पुनःसंरचना समितिले सिफारिस गरेका १८ मन्त्रालयको सूची

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गृह परराष्ट्र अर्थ तथा योजना रक्षा भौतिक पूर्वाधार, यातायात तथा नागरिक उड्डयन संघीय मामिला तथा सामान्य प्रशासन सूचना तथा सञ्चार कानुन, न्याय तथा संसदीय मामिला उद्योग, वाणिज्य तथा आपूर्ति पर्ययन तथा संस्कृति कृषि, सहकारी तथा भूमि व्यवस्थापन जलस्रोत तथा ऊर्जा शिक्षा तथा खेलकुद महिला, समावेशीकरण तथा सामाजिक न्याय स्वास्थ्य मानव संशाधन, युवा, श्रम तथा रोजगार वन तथा वातावरण

-जनबोली डट कम बाट