लहान- लहान नगरपालिका–१ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ।

विस्फोटबाट ४२ वर्षीय अग्रवालको गर्धन र निधारमा चोट लागेको छ। किराना पसलको सामानमा समेत क्षति भएको छ। उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस्त्र प्रहरी बल बेस कार्यालय लहानले जनाएको छ।