दमक÷कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले चैतमा स्थानीय निकायको चुनावको संभावना तत्कालका लागि टरेको बताउनु भएको छ । आज साझ झापाको दमकमा संचारकर्मी संग कुरा गर्दै उहाले दलहरु बिच समयमै सहमती हुन नसकेकोले चैतमा निर्वाचन हुने संभावना टरेर गएको बताउनु भएको हो । उहाले चैतमा नभए बैशाखमा भए पनि चुनाव गर्नुपर्ने बताउनुभयो । स्थानीय निकायको चुनावले संबिधान कार्यान्वयनमा सहयोग पुग्ने बताउदै निर्वाचन जसरी भए पनि गर्नै पर्ने बताउनुभयो । अहिलेको स्थिती हेर्दा चैतमा चुनाव नहुने देखीए पनि चुनावको माहोल बन्दै जाने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ,‘ स्थानीय तहको पुनर्संरचना गरेर चुनाव गर्न नसकेपनि पहिलाकै संरचनामा चुनाव गर्न आवस्यक छ’ ।

        मधेश केन्द्रित दल पनि संघीयताको पक्षधर भएकाले सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरे ती दलहरु पनि निर्वाचनमा आउने दाबि गर्नुभयो । संसद सचिवालयमा दर्ता भएको संविधान संसोधन प्रस्ताव सबै दलको सहमतिमा पास हुने समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘ सबै कुराको एउटै माध्यम सहमति हो त्यसैले सहमतिको माध्यमबाट अघि बढ्नुको विकल्पछैन, समहतिबाटै संसोधन प्रस्ताव पास हुन्छ’ । फरक प्रसंगमा उहाँँले महाअभियोग सिफारीस समितिको प्रतिवेदनको आधारमा मात्र अख्तियारका निलम्वित प्रमुख लोकमानसिंह विरुद्धको महाअभियोगको बारेमा काँग्रेसले धारणा बनाउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर