सवालनेपाल डेक्स दमक/पूर्व डिआइजि समेत रहेका एमाले साँसद नवराज सिलवाल गृहमन्त्री नबन्ने भएकाछन् । गृह मन्त्रालय माओबादी केन्द्रको भागमा परेपछि तत्काललाइ सिलवालको गृहमन्त्रालयको यात्रा असम्भव जस्तै देखिएको छ ।
ओलीले सिलवाललाइ गृहमन्त्री बनाउन सक्ने धेरैले सोचेका थिए । प्रहरीको जागिर छाडेर एमाले प्रवेस गरेका उनले ललितपुरबाट प्रतिनिधि सभा सदस्यमा बिजयी हासिल गरेका थिए ।
बढुवाको समयमा नक्कली कागजपत्र बनाइएको आरोपमा अघिल्लो सरकारले उनलाइ मुद्धा हाल्ने र पक्राउ गर्ने तयारी सहित प्रहरी परिचालन गरे पनि त्यो सम्भव भएको थिएन । अहिले पनि सिलवाल सार्वजनिक रुपमा देखा परेका छैनन् ।
सामाजिक सञ्जालहरुमा समेत सिलवाल गृहमन्त्री बन्नु पर्छ भनेर भन्नेको संख्या धेरै रहेको थियो । दूइ पार्टीबीच भागवण्डा मिलाउने क्रममा गृह मन्त्रालय नै एमालेको भागमा नपरेपछि सिलवालको गृहमन्त्रीको यात्रा अब सहज नभएको एमालेका एक केन्द्रिय नेताले बताए ।
अझै पनि गृह राज्यमन्त्री बन्ने सम्भावाना भने जिवितै रहेको बताइन्छ । चुनाव अघि र चुनावको समयमा एमाले सरकारको गृह मन्त्रीको रुपमा उनको क्षेत्रमा मत समेत मागिएको थियो ।










